हाइलाइट

नेशनल डेभलेपमेन्टको अनियमितता अनुसन्धानको जिम्मेवारी सीआइबीलाई 

नेशनल डेभलेपमेन्टको अनियमितता अनुसन्धानको जिम्मेवारी सीआइबीलाई  :: Sahakari Akhabar

काठमाडौं । ललितपुर महानगरपालिका–१६ पूल्चोकस्थित नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाइटीमा भएको आर्थिक हिनामिना अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई प्रदान गरिएको छ । वागमती प्रदेश सरकारको सहकारी महाशाखामा परेको उजुरी अनुसार लेखा संयोजक रविन्द्र प्रसाद नेमकुल र प्रबन्धक दिनेश प्रसाद पन्तले गैरकानुनी रुपमा धितो फुक्का गरी संस्थालाई हानीनोक्सानी पुर्याएको विषय अनुसन्धानका लागि सीआइबीलाई सिफारीस गरेको हो । 

प्रदेश सरकारको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले गत सचिवस्तरिय निर्णय गरी सीआइबीलाई सिफारीस गरेको हो । यसअघि संस्थामा आर्थिक हिनामिना भएको भन्दै पूर्व अध्यक्ष, लेखा संयोजक र प्रवन्धकलगायत विरुद्ध संघिय सहकारी विभागमा उजुरी परेको थियो । तर, संस्था प्रदेश कार्यक्षेत्र अन्र्तगत रहेको भन्दै उजुरी प्रदेशमा पठाइएको हो । 

संस्था सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि सदस्यहरुको प्रारम्भिक भेलाबाट अनुमोदन गराइ बर्जाचार्यको संयोजकत्वमा ‘जोखिम न्युनीकरण कार्यदल’ गठन गरिएको थियो । कार्यदले विभिन्न तहको छलफलपछि आठ बुँदे माग र पाँचबुँदे सुझाव समेत दिइ सहजिकरण गरेपनि संस्थामा सुधार नभएपछि कानुनी कारवाही अघि बढाउन संस्थाले उजुरी दिएको हो । 

उजुरीमा सहकारी मूल्य मान्यता भन्दा बाहिर गइ सांगठनिक अपराध, कागजी कृते देखिएको र सदस्यहरुलाइ आलटाल जवाफ, धाक धम्काएको र सहकारी ऐन अनुसार हिसाब किताव पनि पारदर्शि नगरी जथाभावी लगानी गरी दशौं वर्षसम्म गलत वार्षिक प्रतिवेदन बनाइ सदस्यहरुको रकम हिनामिना गरेको खुल्न आएको र वित्तिय अपचलन समेत गरेको देखिन आएको उल्लेख छ ।



Leave a comment