हाइलाइट

अभियानका केही तितापिरा घटनाले छुट्टै बचत ऐन आउन सकेन

अभियानका केही तितापिरा घटनाले छुट्टै बचत ऐन आउन सकेन :: Sahakari Akhabar

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानकै कमजोरीका कारण छुट्टै बचत ऐन आउन नसकेको बताएका छन् । उनले नेपालको बचत तथा ऋण अभियानलाई पूर्णरुपमा उभिनसक्ने, आफ्नै खुट्टा टेक्नसक्ने ऐनको अवश्यकता हुने भएकोले छुट्टै वित्तिय ऐन माग भएको बताएका छन् ।

नेफ्स्कूनको ३६ औं स्थापना दिवसको अवसरमा बोल्दै बरिष्ठ उपाध्यक्ष ढकालले केही ब्यक्तिहरुले सहकारी प्रति नकरात्मकता वढाएको, सहकारी प्रति असभ्य शब्द प्रयोग गर्नेगरेकोले, सहकारी अभियानमा सभ्य र सम्मानजनक रुपमा प्रस्तुत हुन आग्रह गरे ।

सहकारी अभियानलाई राजनितिक दल, राज्य र संविधानले नै उच्च महत्व दिएकोले सोही अनुसार नै सम्मान गर्न आग्रह गरे । सहकारी मार्फत नै समृद्धिका सम्भावना खोज्न सकिने भएकोले राजनितिक दलहरुले पनि सहकारीलाई प्राथमिकता दिन आग्रह गरे ।



Leave a comment