हाइलाइट

रिस्ट्रक्चर नगरे सहकारी आन्दोलन ड्यामेज हुन्छ:लिलामणि पोख्रेल

रिस्ट्रक्चर नगरे सहकारी आन्दोलन ड्यामेज हुन्छ:लिलामणि पोख्रेल :: Sahakari Akhabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सहकारी विभाग प्रमुख लिलामणि पोख्रेलले सहकारीको पूनःसंरचना नगरे ड्यामेज हुने बताएका छन् । उनले सहकारी सहकारी नरहेर साहुकारी भएको बताएका छन् । नेफ्स्कूनको ३६ औ स्थापना दिवसमा उनले सहकारी आन्दोलनमा धेरै ठूलो जटिलता पैदा भएको बताए ।

उनले भने ‘सहकारी साहुकारी भए भन्ने भाष्य बनेको छ, याद गर्नुहोला, त्यो भाष्यलाई उल्ट्याउनु पर्नेछ ।’ पोख्रेलले सहकारीकर्मी र राज्यले नै सहकारी आन्दोलनलाई बुझ्न कमजोरी भएको बताए । राज्य नव उदारबादी, पूँजीबादी अर्थ ब्यवस्थाबाट प्रभावित भएको र सहकारी आन्दोलनले पनि त्यही अनुसरण गरेकोे बताए ।

उनले केही समय अगाडी सहकारीका पिडित र रक्षा गर्नुपर्ने समेत सडकमा आन्दोलनमा रहेकोले सुझाव कार्यदल बनाएको बताए । उनले भने ‘अहिले सहकारी आन्दोलन जसरी चलेको छ त्यसलाई रिस्ट्रक्चर गर्नुभएन भने ड्यामेज हुन्छ, यो निश्चित हो ।’ संविधानले तीनखम्बे नीति भनेर विषेश जोड दिएकोले संविधानले सहकारी मार्फत देखेको सपना पुरा गर्न सहकारीले भूमिका खेल्नुपर्नेमा उल्टो बाटो हिडेको बताए ।

वर्तमान अवस्थामा चलेको तरिकाले सहकारी ब्यवसाय मात्र चल्न सक्ने तर सहकारी आन्दोलन चल्न नसक्ने बताए । उनले सहकारीको बैंकिङ कारोबार मूल उद्देश्य नभएको र सहकारीले उत्पादन क्षेत्रमा लगानी गरी समृद्धि हासिल गर्नुपर्ने बताए । सहकारीको सम्पति संचालकको ब्यत्तिगत नभएर जनताको रहेकोले राज्य र सहकारीकर्मी दुवैले सुरक्षित गर्नुपर्ने दायित्व लिनुपर्ने बताए ।



Leave a comment