हाइलाइट

सहकारी बैंक साढे १४ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत

सहकारी बैंक साढे १४ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुबाट कर्जा असुली नभएपछि राष्ट्रिय सहकारी बैंक घाटामा गएको छ । बैंकले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंक १४ करोड ६४ लाख रुपैयाँ घाटामा छ । अघिल्लो आवको यसै अवधिमा बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।

बैंकको कर्जा असुली प्रभावित भएपछि जोखिम व्यवस्था वापतको रकम बृद्धिले बैंकको नाफामा असर गरेको छ । गत आवमा बैंकले जोखिम ब्यवस्था वापत २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको छ । गत वर्ष जोखिम ब्यवस्था वापतको कोषमा ९४ करोड मात्र थियो । कर्जा असुली नहुँदा बैंकको खराब कर्जा पनि बढेर करिब ८ प्रतिशत पुगेको छ ।

अघिल्लो आवमा २.०६ प्रतिशत रहेको खराब कर्जा गत आवमा ७.९५ प्रतिशत पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ठूलो कारोबार गर्ने सहकारीहरु समस्याग्रस्त हुन थालेपछि बैंकको ऋण असुली प्रभावित भइरहेको छ । अघिल्लो वर्षको तुलतामा गत वर्ष बैंकको ब्याज आम्दानी समेत घटेको छ । निक्षेप बृद्धि भएपनि शेयर, कर्जा र कोषको रकम समेत घटेको छ।



Leave a comment