हाइलाइट

सहकारीको अटेरीपछि गोएमएल सफ्टवेयरमा आवद्ध हुन विभागको पुनः निर्देशन 

सहकारीको अटेरीपछि गोएमएल सफ्टवेयरमा आवद्ध हुन विभागको पुनः निर्देशन  :: Sahakari Akhabar

काठमाडौं । गोएमएल प्रणालीमार्फत सम्पति शुद्धिकरणको रिपोटिङ गर्न गर्न सहकारीहरुले अटेरी गरेपछि संघिय सहकारी विभागले पुनः निर्देशन गरेको छ । विभागले सोमबार दोस्रोपटक गोएमएल सिस्टम आवद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।

विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी १० करोडभन्दा बढी कारोबार भएका सहकारी संस्थाहरुलाई वित्तीय जानकारी इकाइको गोएमएल सफ्टवेयरमा आवद्ध भई सिमा र शंकास्पद कारोबारको रिपोटिङ गर्न निर्देशन दिएको थियो ।

तर सहकारीहरुले सम्पति शुद्धिकरणको सूचना पठाउन अटेर गर्दै आएका छन् । १० करोडभन्दा बढिको कारोबार गर्ने सहकारीहरु तीन हजारको हाराहारीमा भएपनी गत आर्थिक वर्षसम्म ४ सय मात्र गोएएमएलमा आवद्ध रहेको वित्तीय जानकारी इकाईले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्सलगायतका कम्पनीहरुलाई गोएएमएलमा आवद्धता अनिवार्य भएपनि सहकारीको हकमा भने १० करोड भन्दा बढि कारोबार गर्ने संस्थाहरुलाई मात्र अनिवार्य गरिएको छ ।

गोएमएलमा आवद्ध नहुने सहकारीहरुलाई पनि इकाईले गोएमएल सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्ने व्यवस्था गरेको छ । जसमा सिमा कारोबारको सूचना एक्सल र्फम्याटमा र शंकास्पद कारोबारको सूचना वर्ड, पिडिएफ र्फम्याटमा पठाउन सक्ने व्यवस्था गरिएको छ । 

सम्पति शुद्धिकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक÷पटक गरेर एक दिनमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेमा सिमा कारोबार अन्र्तगत सूचना केन्द्रमा पठाउनुपर्छ ।

यस्तै जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद लागेमा त्यसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था छ । तर, सहकारीले निर्देशनहरु पालना नगरेको भन्दै गत आवमा विभागले आधा दर्जन भन्दा बढि संस्थाहरु कारवाही गरेको थियो ।
 



Leave a comment