सामाजिक संजाल फेसबुकमा स्ट्याटस राख्दै उनले सहकारीहरु सदस्य नियन्त्रित स्वनियम संस्था रहेको र सहकारीमा सहकार्य गरेर मात्र पैसा फिर्ता आउने उल्लेख गरेकी छिन् ।
काठमाडौं । काठमाडौं महानरपालिकाको सहकारी विभागकी उपनिर्देशक बिमला कोइरालाले बचत फिर्ताका लागि माइतिघरमा धर्ना बस्नु समयको मात्रै बर्बादी भएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमा स्ट्याटस राख्दै उनले सहकारीहरु सदस्य नियन्त्रित स्वनियम संस्था रहेको र सहकारीमा सहकार्य गरेर मात्र पैसा फिर्ता आउने उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको स्ट्याटस :
सहकारीमा पैसा राख्ने भनेको सहकार्य गर्न राख्ने हो ! (पर्दा लिने,हुँदा राख्ने ) । अनि सहकारीसँग सहकार्य गरेर नै पैसा फिर्ता आउछ ! उसको गार्हो अप्ठ्यारो खोजौ .. लगानी कता छ् उठाउन कुदौ ! बचत फिर्ताका लागि माईतीघरमा धर्ना बस्नु भनेको समयको मात्रै बर्बादी हो । # सहकारीहरु सदस्य नियन्त्रित स्वनियमन सस्था हुन - कुरो बुझौं
Leave a comment