हाइलाइट

सहकारीकर्मी शर्माको निधन

सहकारीकर्मी शर्माको निधन :: Sahakari Akhabar

काठमाडौं । वागमती प्रदेश सहकारी संघका संचालक तथा उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहकारीकर्मी विपिन शर्माको निधन भएको छ । सोमबार विहान बेहोस अवस्थामा रहेका शर्मालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार विहान २ बजे काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको निधन भएको संघकी उपाध्यक्ष सीता पौड्यालले जानकारी दिइन् ।

सहकारी अभियानसँगै संचारकर्मीका रुपमा समेत सक्रिय शर्मा उपलब्धी प्रेसका संचालक पनि हुन् । उनी राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनमा समेत विभिन्न समिति तथा उपसमितिमा रहेर काम गरेका थिए । शर्माको निधनमा शोक वक्तव्य प्रकाशित गर्दै वागमती प्रदेश सहकारी संघ र नेफ्स्कूनले सहकारी अभियानमा अपुरणिय क्षति पुगेका उल्लेख गरेका छन् । शर्माको मंगलबार पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।



Leave a comment