काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि बलियो नियामक निकाय बनाएर अनुगमन प्रभावकारी बनाउन सहकारीकर्मीहरुले सुझाव दिएका छन् ।सहकारी क्षेत्र सुधार कार्यदललाई सुझाव दिनका लागि राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागिहरुले बलियो नियामक बनाउन जोड दिएका हुन् ।
अहिले सहकारीको अनुगमन प्रभावकारी नहुँदा विकृति बढेको उनीहरुको भनाइ थियो । सहभागिहरुले राष्ट्र बैंक सहितको सहभागितामा दोस्रो तहको नियामक बनाउदा प्रभावकारी हुने उनीहरुले सुझाव दिए ।
कार्यक्रममा कार्यदलका संयोजक जयकान्त राउत, सदस्यद्धय केबी उप्रेती तथा ऋषिराज घिमिरेका साथै भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, रजिष्ट्रार नमराज घिमिरे, महासंघका अध्यक्ष मिनराज कडेँल, नेफ्स्कूनका कार्यवहाक अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिती थियो । देशभरबाट ८ सय भन्दा बढीले कार्यक्रममा सहभागिता जनाएका थिए ।
सहभागीहरुको सुझाव :
बचत तथा कर्जामा सीमा तोक्ने
सहकारी संस्थाले विषय अनुसार काम गर्नुपर्ने
सहकारीको जिल्ला संघको खारेज, पालिका स्तरको संयन्त्र
सन्दर्भ ब्याजदर खारेज, बजार अनुसार ब्याजदर
संख्या घटाउन फोर्स मर्जरमा नीति
कर्जा सूचना केन्द्रमा सहकारीलाई सदस्यता
स्थिरिकरण र स्तरिकरण प्रभावकारी
तरलता ब्यवस्थापनका लागि सहूलियत कर्जा
सहकारी ऐन कार्यान्वयमा जानुपर्ने
स्वनियमनको नीति कडा रुपमा कार्यान्वयन
एउटा वडामा बढीमा २ वटा सहकारी
संचालक र कर्मचारीले ऋण लिन नपाउने
सहकारीको वर्गिकरण
समस्याग्रस्त सहकारीलाई सिड मनी
सफ्टवेयरको नियमन
शाखा विस्तार बन्द
Leave a comment