काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भद्र सहमतिका नामा ब्याजमा गर्दै आएको कार्टेलिङ्ग हटेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर नतोक्ने निर्णय गरेको हो ।
अब बैंकहरुले आफ्नै ढंगले ब्याजदर तोक्न सक्नेछन् । आगामी साउन महिनादेखि लागू हुने ब्याजदरमा पनि बैंकहरु आ–आफ्नै अनुकुलतामा थपघट वा स्थिर राख्न सक्नेछन् ।
तरलता अभाव भएपछि गत वर्षदेखि संघले ब्याजदर तोक्दै आएको थियो । तर, पछिल्लो समयमा बैंकहरुमा तरलता पर्याप्त भएपछि संघले ब्याजदर नतोक्ने निर्णय गरेको हो ।
अब नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले ब्याजदर घटबढ गर्न पाउनेछन् । निर्देशन अनुसार बैंकहरुले हरेक महिना लागू हुने ब्याजदर अघिल्लो दिन तय गरी प्रकाशित गर्नुपर्छ । यसरी ब्याजदर निर्धारण गर्दा एक पटकमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने ब्यवस्था छ ।
अहिले साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ। अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्छन्। त्यसो हुँदा ब्याज बढाउन चाहेमा करिब ११ प्रतिशत नजिक पुग्छ भने घटाउन चाहेमा ९ प्रतिशत हाराहारीमा आउँछ।
Leave a comment