मोरङ । पथरी शनिश्चरे–६ मा रहेको सुनदह बचत तथा ऋण सहकारीको ७४ लाख बढी रकम ठगी आरोपमा संस्थाका तीनजना पक्राउ परेका छन् । संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरेको आरेपमा पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
२५ जना पीडितहरुले २०८० जेठ २८ गते इलाका प्रहरी कार्यालय पथरीमा ३३ लाख ६९ हजार ३ सय ५५ रुपैया ठगी गरेको भनी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो । त्यस पछि जाहेरी दिने पीडितहरु तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको इलाका प्रहरी कार्यालय पथरीमा पुगेको थियो ।
सुनदह साकोसको अध्यक्ष वर्ष ४५ को लाल बहादुर भण्डारी, व्यवस्थापक वर्ष ४४ को राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी लाखौं ठगी गरेको आरोपमा सोमाबार जिल्ला अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि जेल चलान गरेको हो । उनीहरुले सुनदह बचत तथा ऋण सहकारी संस्थाको नाममा बचतकर्ता र ऋणिहरुको ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको आरोप छ ।
Leave a comment