हाइलाइट

साना किसान बन्यो सबैभन्दा ठूलो लघुवित्त 

साना किसान बन्यो सबैभन्दा ठूलो लघुवित्त  :: Sahakari Akhabar

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा ठूलो लघुवित्त बनेको छ । साना किसान र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेसँगै सबैभन्दा ठूलो संस्था बनेको हो ।

मर्जरपछि संस्थाको तीन अर्व ३३ करोड चुक्तापुँजी र ८ अर्ब १२ करोड पुँजी सहित सबैभन्दा ठूलो संस्था बन्न सफल भएको अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए । यसैगरी संस्थाको ७६ वटा जिल्लामा ५५२ स्थानिय तहसम्म पहुँज पुगेको छ । 
साना किसान सहकारी र अन्य सहकारी गरी १ हजार ५७० साझेदार संस्थाहरुमा ४५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । मर्जरपछि अध्यक्षमा पाठक, प्रमुख कार्यकारी अधिकृतमा डा. शिवराम प्रसाद कोइराला रहेको छन् । 

संस्थाको एकीकृत कारोबार शुभारम्म कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाहरुलाई लक्ष्य नबिर्सन आग्रह गरे । ‘लघुवित्त र सहकारी ग्रामीण क्षेत्रमा तल्लो तहमा सेवा पु¥याउन प्रवद्र्धन गरिएका संस्था हुन्’ उनले भने, उनले भने, ‘यो लक्ष्यलाई सहकारी र लघुवित्तले बिर्सन हुदैन ।’ सहकारीमा स्थानीय सहभागी हुनछन््, त्यहीबाट सानोतिनो पुँजी जम्मा हुन्छ, त्यहीका व्यक्तिहरु सञ्चालकहरु उनीहरुकै नियन्त्रणमा संस्था हुन्छ भन्ने धारणा सरकारको भएपनि त्यसविपरित यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भएको र जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आएको उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्नुपर्ने बताए । खतिवडाले साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानी गर्ने विशिष्टकृत संस्थाका रुपमा अघि बढाउन सकिने उल्लेख गरे । अहिले लघुवित्तको कर्जा धेरै तह पार गरेर परिचालन गर्दा महंगो भएको र यसलाई कम गर्न आवश्यक रहेको समेत उनको सुझाव थियो । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक बन्ने विरुद्द कडा कारवाही गर्नुपर्ने आवश्यक्ता औल्याए । 

कार्यवाहक गभर्नर डा. निलम ढुंगानाले पनि लघुवित्तमा पनि आधारदर लागू गर्न काम भइरहेको बताए । लघुवित्तमा खराब कर्जा बढिरहेको र सुशासनको समस्या समेत देखिन थालेको भन्दै यसप्रति सचेत हुन आग्रह गरिन् ।



Leave a comment