हाइलाइट

साना किसान लघुवित्तको एकीकृत कारोबार सुरु 

साना किसान लघुवित्तको एकीकृत कारोबार सुरु  :: Sahakari Akhabar

काठमाडौं  । साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई साना किसान लघुवित्त वित्तीय नामबाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकले दुई संस्था एकीकृत भई कारोबार गर्न अन्तिम स्वीकृती दिएपछि आइतबारदेखि कारोबार सुरु भएकोह हो । 

मर्जर सम्झौतामा एकीकृत संस्थाको नाम साना किसान आरएमडीसी राख्ने सहमति भएको थियो । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना किसान विकास कार्यक्रम सबै स्थानिय तहमा विस्तार गर्ने घोषणा गरेपछि संस्थाको नाम पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था मात्र कायम गरिएको बताइएको छ । बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत सबै स्थानिय तहमा क्रमश साना किसान उद्यम विकास कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ । 

एकीकृत साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहेका छन् । मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड, लगानी ४१ अर्ब ८६ करोड पुगेको छ ।



Leave a comment