काठमाडौं । सहकारीप्रति सर्वसाधारण नकारात्मक बन्दै गएपछि संस्थाहरु स्वच्छीक रुपमा खारेजीमा जान थालेका छन् । विगतमा सहकारी किनबेच समेत हुने गरेपनि पछिल्लो समयमा संस्था संचालनको वातावरण विग्रीएपछि खारेजी हुन थालेका हुन् ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा दुई वटा संस्थाले दर्ता खारेजीको माग गर्दै निवेदन दिएका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र सुकस बचत तथा सहकारी संस्थाले खारेजीको निवेदन दिएको विभागले जनाएको छ ।
महानगरले यी संस्थाले तिर्नुपर्ने दायित्व उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखि कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले महानगरको सूचनाको आधार मानि १५ दिनभित्र विभागमा सम्पर्क गर्न समेत अग्रह गरेको छ । अन्यथा खारेजी पश्चात कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने समेत सूचनामा उल्लेख छ ।
महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ मा ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था छ ।

Leave a comment