हाइलाइट

सहकारीले कर्जा पूर्नतालिकीकरण गर्न पाउने, साउन १५ गतेसम्मको ब्याज आम्दानी चालु वर्षमै गणना 

सहकारीले कर्जा पूर्नतालिकीकरण गर्न पाउने, साउन १५ गतेसम्मको ब्याज आम्दानी चालु वर्षमै गणना  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्थाहरुले तीन महिनाका लागि कर्जाको पुर्नतालिकीकरण गर्न पाउने भएका छन् । संघिय सहकारी विभागले निर्देशन जारी गर्दै ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा खराव ऋणीको सूचीमा नपरेका तथा गत आवमा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ब्यवस्था गरेको हो । 

यसैगरी विभागले आ.व. २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रुपमा गणना गर्ने छुट सुविधा समेत दिएको छ । आर्थिक मन्दी र तरलता अभावका कारण सहकारी क्षेत्र प्रभावित भएपछि विभागले यस्तो सुविधा दिएको हो । 

यसैगरी निर्देशनमा सहकारी संघ÷संस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन र वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ/संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन भनेको छ । 
 



Leave a comment