हाइलाइट

नेशनल डेभलेपमेन्ट सहकारीमा हिनामिना : पूर्व अध्यक्ष, लेखा संयोजक र प्रबन्धकलाई कारवाही गर्न विभागमा उजुरी 

नेशनल डेभलेपमेन्ट सहकारीमा हिनामिना : पूर्व अध्यक्ष, लेखा संयोजक र प्रबन्धकलाई कारवाही गर्न विभागमा उजुरी  :: Sahakari Akhabar

काठमाडौं । ललितपुर महानगरपालिका–१६ पूल्चोक स्थित नेशनल डेभलेपमेन्ट को–अपरेटिभ सोसाइटीमा आर्थिक हिनामिना भएको भन्दै पूर्व अध्यक्ष, लेखा संयोजक र प्रवन्धकलगायत विरुद्ध संघिय सहकारी विभागमा उजुरी परेको छ ।

संस्थाका पूर्व अध्यक्ष राजेश हरि जोशी, लेखा संयोजक रविन्द्र प्रसाद नेम्कुल र प्रबन्धक दिनेश प्रसाद पन्तलगायतले कमसल धितो र विना धितोमा करिव ६० करोड बराबरको रकम अपचलन गरेको भन्दै उनीहरुलाई कारवाही गर्न जोखिम न्युनीकरण कार्यदल तथा पिडित संघर्ष समितिका संयोजक आनन्द बीर बज्राचार्यले उजुरी गरेका हुन् । 

संस्था सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि सदस्यहरुको प्रारम्भिक भेलाबाट अनुमोदन गराइ बर्जाचार्यको संयोजकत्वमा ‘जोखिम न्युनीकरण कार्यदल’ गठन गरिएको थियो । कार्यदले विभिन्न तहको छलफलपछि आठ बुँदे माग र पाँचबुँदे सुझाव समेत दिइ सहजिकरण गरेपनि संस्थामा सुधार नभएपछि कानुनी कारवाही अघि बढाउन विभागमा उजुरी दिएका हुन् । 

उजुरीमा विभागले हालको समस्यास्तरको व्याख्या अनुरुप दोश्रो र तेश्रो तहको समस्या देखिएको साथै सहकारी मूल्य मान्यता भन्दा बाहिर गइ सांगठनिक अपराध, कागजी कृते देखिएको र सदस्यहरुलाइ आलटाल जवाफ, धाक धम्काएको र सहकारी ऐन अनुसार हिसाब किताव पनि पारदर्शि नगरी जथाभावी लगानी गरी दशौं वर्षसम्म गलत वार्षिक प्रतिवेदन बनाइ सदस्यहरुको रकम हिनामिना गरेको खुल्न आएको र वित्तिय अपचलन समेत गरेको देखिन आएको उल्लेख छ । निक्षेपकर्ताहरुको निक्षेप रकम सावा र ब्याज समेत सुरक्षित रुपमा फिर्ता दिलाइ संस्था बन्द नहुने गरी यस संस्थाका दोषी पदाधिकारीहरु र प्रवन्धकलाई हदैसम्मको कारवाही गर्न समेत निवेदनमा आग्रह गरिएको छ । 
 



Leave a comment