ब्यापक बन्दै साना किसान विकास कार्यक्रम : आईतबारदेखि संयुक्त कारोबार 

ब्यापक बन्दै साना किसान विकास कार्यक्रम : आईतबारदेखि संयुक्त कारोबार  :: Sahakari Akhabar

काठमाडौं  । साना किसान विकास आयोजनाका रुपमा सुरु भएको साना किसान विकास कार्यक्रम अझ ब्यापक बन्ने भएको छ । होलसेल वित्तीय कारोबार गर्दै आएका साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई आइतबारदेखि एकीकृत कारोबार गर्ने भएपछि साना किसान विकास कार्यक्रमले अझ ब्यापकता पाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले दुई संस्था एकीकृत भई साना किसान लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्नेगरी अन्तिम स्वीकृती दिएको छ । सुरुमा एकीकृत संस्था साना किसान आरएमडीसी नामबाट कारोबार गर्ने सहमति भएको थियो । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना किसान विकास कार्यक्रम सबै स्थानिय तहमा विस्तार गर्ने उल्लेख भएपछि संस्थाको नाम पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था मात्र कायम गरिएको हो । बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत सबै स्थानिय तहमा क्रमश साना किसान उद्यम विकास कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ । 

एकीकृत साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहनेछन् । संस्थाको सञ्चालक समितिमा दुवै तर्फका तीन–तीन जना रहनेछन् । 

मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड हुने छ । यस्तै लगानी ४१ अर्ब ८६ करोड हुनेछ । हाल साना किसानले १ हजार ३ सय र आरएमडीसीका ३ सय भन्दा बढी संस्था प्रवर्धन गर्दै आएका छन् ।  



Leave a comment