हाइलाइट

सहकारीका नेतालाई रजिष्ट्रारको आग्रह : माइतिघर मण्डला पुगेर पिडितलाई सम्बोधन गर्नुहोस् 

सहकारीका नेतालाई रजिष्ट्रारको आग्रह : माइतिघर मण्डला पुगेर पिडितलाई सम्बोधन गर्नुहोस्  :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट पिडित भएका सर्वसाधारणलाई पनि सम्बोधन गर्न सहकारी संघ÷महासंघका नेताहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले गरेको एक कार्यक्रममा बोल्दै उनले सहकारीको समस्या बेलैमा सम्बोधन नगरे गम्भिर दुर्घटना निम्त्याउने समेत बताए ।

‘सहकारीको समस्या समाधान बेलैमा नगरे गम्भिर दुर्घटना निम्तिने सम्भावना छ’ रजिष्ट्रार घिमिरेले भने, ‘माइतिघर मण्डलामा आन्दोलनरत सहकारी पिडितहरुलाई भेटेर सम्बोधन गर्नुहोस् ।’ पिडितहरुलाई राज्यको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी क्षेत्र सुधार कार्यदलमा बोलाएर सम्बोधनको प्रयास गरिएको र त्यसले उनीहरु कन्भेन्स नभएको उनले बताए ।

रजिष्ट्रार घिमिरेले रकम फिर्ता गर्न नसकेका सदस्यहरूबाट आफुले गतल आरोप र दबाबको सामना गरिरहेको बताउदै आफु सरुवाको मनस्थितीमा रहेको बताए । समस्यामा परेका सहकारीको रकम फिर्ता गर्न माग गर्दै पछिल्ला दिनमा निक्षेपकर्ताहरू हिंसात्मक बन्दै गएको र यसले समस्या ल्याउन सक्ने भन्दै यसबारेमा मन्त्रालय र सरोकारवाला निकायमा समेत जानकारी गराएको उनले बताए ।



Leave a comment