काठमाडौं । राष्ट्रिय सहकारी महासंघले स्थापना गरेको ‘सहकारी पत्रकारिता पुरस्कार–२०७९’ बाट सहकारी अखबार डटकमका प्रधानसम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दाहाललाई नगद २५ हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरे । सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवर्धन विशेष योगदान पुर्र्याएको भन्दै महासंघले पुरस्कृत गरेको हो ।
राष्ट्रिय सहकारी दिवसको दिन गत चैत २० गते घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवस दिन शनिबार प्रदान गरिएको हो । डेढ दशकदेखि सहकारी पत्रकारितामा कृयाशिल दाहाल यसअघि पनि राष्ट्रिय सहकारी बैंक, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंलगायत विभिन्न संघसंस्थाबाट पुरस्कृत भइसकेका छन् । दाहाल नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का निवर्तमान अध्यक्ष समेत हुन् ।
Leave a comment