काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु / नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताएकाछन् ।
उनले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने पनि बताएका छन् । राष्ट्रिय सहकारी महासंघले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले कसैको निहित इच्छापूर्तिका लागि होइन, सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने बताए ।
साथै प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमीकम्जोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन÷नियमहरु बन्नेमा आपूm विश्वस्त भएको बताए ।
महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ / संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेका थिए ।
पुरस्कार तथा सम्मान
महांघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी क्षेत्रमा योगदान गर्ने विभिन्न ब्यक्ती तथा संस्थालाई पुरस्कृत गरेको छ। महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०७९बाट सहकारी अभियन्ता डा.शान्तराज शर्मालाई ५० हजार सहित सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट सहकारी पुरस्कार, २०७९बाट जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोक पुरस्कृत भएको छ । यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७९ कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था अर्जुनधारा झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था शंकरपुर सर्लाही पुरस्कृत भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था पनौती काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था तिलोत्तमा रुपन्देही, पुरस्कृत भएका छन् ।
त्यसैगरीकर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था त्रिपुरासुन्दरी डोल्पा र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था टिकापुर कैलाली जनही २५ हजार नगदसमेत पुरस्कृत भएका छन् ।
त्यसैगरी सहकारी पत्रकारिता पुरस्कार २०७९ बाट सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल २५ हजार नगदसमेत पुरस्कृत भएका छन् ।
सोही अवसरमा अध्यक्ष मिनराज कंडेल र काठमाडौं युनिभर्सीटीका प्राध्यापक बिनोद कृष्ण श्रेष्ठलेले राष्ट्रिय सहकारी महासंघले काठमाडौं युनिभर्सीटीको सहकार्यमा २०७९ साल पौषबाट सञ्चालन गरेको डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्ने ३० जना सहकारीकर्मीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सञ्चालन गरेको कार्यक्रममा संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, महासंघका सल्लाहकारहरु दीपक प्रकाश बाँस्कोटा, उषा झा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक बिनोदकृष्ण श्रेष्ठ, नेपाल बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, पुस्कृत हुनेहरुमध्यबाट भूपेन्द्रमान श्रेष्ठ र डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्नेहरु मध्येबाट कृष्ण कुमार तामाङ्ग लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment