हाइलाइट

विवरण नबुझाउने सहकारीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी 

विवरण नबुझाउने सहकारीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी  :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी ऐन २०७४ अनुसार साधारणसभा गरी विवरण नबुझाउने सहकारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । महानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखा परिक्षण प्रतिवेदनलगायतका विवरणहरु बुझाउनका लागि एक महिनाको समय दिएको छ । तोकिएको समयभित्र पनि विवरण नबुझाउने सहकारीहरुलाई नियम अनुसार कारबाही गर्ने महानगरको तयारी छ ।

महानगरको सहकारी ऐन अनुसार प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, तीन महिनाभित्र लेखापरिक्षण गर्नुपर्ने र तोकिएका विवरणहरु बुझाउनुपर्ने ब्यवस्था गरेको छ । तर, काठमाडौंका केही उक्त समयसीमाभित्र तोकिएका विवरणहरु नभुझाएपनि महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।



Leave a comment