हाइलाइट

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सहकारीमा संस्थागत विकास कार्यक्रम सञ्चालन गर्ने

कोशी प्रदेशको नीति तथा कार्यक्रम : सहकारीमा संस्थागत विकास कार्यक्रम सञ्चालन गर्ने :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष प्रदेश सरकारले स्थानीय तहमा हस्तान्तरण भएका सहकारी सस्थाहरुको सस्थागत क्षमता बिकास कार्यक्रम संचालन गर्ने घोषणा गरे ।

नीति तथा कार्यक्रममा स्थानीय तहमा कार्यक्रम कर्मचारी, सहकारीकर्मी, नियमनकारी निकायमा कार्यरत कर्मचारीको क्षमता बिकासका कार्यक्रम संचालन गरिने उल्लेख छ । त्यस्तै, सहकारी संस्थाहरुको अभिलेख ब्यबस्थापन अध्यावधिक गरी सहकारी ब्यबस्थापन सूचना प्रणालीलाई अध्यावधिक गरिने घोषणा गरिएको छ ।

गरिब, बिपन्न तथा पिछिडिएको वर्गका कृषक, मजदुरहरुको सहभागितामा गठन  भई संचालनमा रहेका दुर्गम तथा ग्रामीण क्षेत्रका कृषि तथा विषयगत सहकारी सस्थाहरुको ब्यवसायिक क्षमता अभिबृद्दी गराउन आवश्यक पेशागत व्यावसायिक सिपमुलक तालिम, बस्तुगत तथा प्राबिधिक सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा समाबेश गरिएको छ।

सहकारीलाई ब्यबस्थित गर्नुपर्ने आवाज उठिरहेको बेला नीति तथा कार्यक्रममा यी कुरालाइ प्राथमिकतामा राखिएको छ । सहकारी, निजि तथा बित्तिय क्षेत्रको सहकार्यमा सोलार रुफ–टप कार्यक्रम  प्रबर्धन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।



Leave a comment