आमाको मृत्यु र बाबुको मानसिक अवस्था ठिक नभए अलपत्र परेका झापा बिर्तामोड–४, सूर्योदयटोलका निर्दिका र निर्बिका र दुर्गेस दाहाललाई सहारा नेपाल बचत तथा ऋण सहकारीले आवश्यक सहयोग गर्ने घोषणा गरेको छ ।
काठमाडौं । अभिवभावक विहिन बनेका तीन जना बालबालिकाहरुलाई साहारा नेपाल बचत तथा ऋण सहकारीले संरक्षण प्रदान गर्ने भएको छ । आमाको मृत्यु र बाबुको मानसिक अवस्था ठिक नभएपछि झापाको बिर्तामोड–४, सूर्योदयटोलका निर्दिका, निर्बिका र दुर्गेस दाहाल अभिभावकविहिन बनेका छन् । उनीहरुको अवस्थाको बारेमा समाचार सार्वजनिक भएपछि सहकारीले आवश्यक सहयोग गर्ने घोषणा गरेको हो ।
सहाराले नेपालले वालवालिका लागि केयर टेकको ब्यवस्था गर्ने, बसीरहेको घरलाई पुनः निर्माण गर्ने, घर भित्र चाहिने आधारभूत आवश्यकताका सामाग्रीहरुको व्यवस्थापन मिलाउने, बालक र र बाबुको उपचारमा सहयोग पुर्याउने बताएको छ ।
यस्तै उनीहरुलाई उच्च शिक्षासम्मको अध्ययनमा सहयोग पुरÞ्याउने र अध्ययन पश्चात इच्छुक भएमा एक जनालाई योग्यता अनुसारको रोजगारको व्यवस्था गर्ने समेत जनाएको छ । स्थानिय निकाय र सरोकारवालाहरुसँग समन्वय गर्दै कानुनी प्रावधान मिलाएर संरक्षण प्रदान गरिने सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले जानकारी दिए ।
Leave a comment