ऋण तिर्न ६ दर्जन सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता 

ऋण तिर्न ६ दर्जन सहकारीलाई युवा स्वरोजगार कोषको ताकेता  :: Sahakari Akhabar

काठमाडौं । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले ऋण तिर्नका लागि ७० वटा सहकारी संस्थाहरुलाई ताकेता गरेको छ । संस्थाहरुले लामो समयदेखि ऋण नतिरेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र सावा, ब्याज र हर्जना तिर्न भनेको हो।

तोकिएको समयभित्र कर्जा नबुझाउने सहकारी संस्थाका संचालक समितिलाई कालोसूचीमा राख्ने नेतावनी दिएको छ । यस्तै संचालकहरुको तिनपुस्ते विवरणसहित पत्रिकामा सूचना प्रकाशित गर्ने पनि कोषले चेतावनी दिएको छ।

कोषको कर्जा नतिर्ने सहकारीहरुमा सबैभन्दा बढि कर्णाली प्रदेशका २८ ओटा सहकारी रहेका छन् । यस्तै कोशीका १३ वटा, मधेसका ११ वटा, वागमतीका १० ओटा, लुम्बिनीका ४ ओटा र सुदुरपश्चिमका ३ वटा सहकारीहरु रहेका छन् । यसअघि पनि कोषले गत फागुनमा ६२ ओटा सहकारीहरुलाई कर्जा तिर्न सूचना जारी गरेको थियो ।

 
 



Leave a comment