कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच सम्झौता 

कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच सम्झौता  :: Sahakari Akhabar

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । संघको सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बिमा सेवाका लागि दुई पक्षबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थामा आबद्ध विपन्न तथा साना किसानलाई म्यादी जीवन बीमा सेवा प्रदान गरिनेछ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । योजनाअन्तर्गत बीमितको मृत्यु भएमा बीमांक बराबर रकम प्रदान गरिने बताइएको छ । 

संघले विविध कार्यक्रममार्फत आफ्ना सदस्य संस्थालाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पु¥याइ गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

हाल यस संघबाट ७७ ओटै जिल्लाका १ हजार २०० सयभन्दा बढी संस्थामा आबद्ध १२ लाखभन्दा बढी साना किसान परिवारले सेवा पाइरहेको बताइएको छ ।
 



Leave a comment