चन्द्रागिरि साकोसका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने

चन्द्रागिरि साकोसका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित गणेशमानसिहं मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरविच स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता भएको हो ।

सदस्यहरुलाई स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र गणेशमानसिहं अस्पतालका अध्यक्ष दिपक प्रकाश बास्कोटा विच हस्ताक्षर भएको हो । सम्झौतामा चन्द्रागिरि साकोसका सदस्य, सदस्यका परिवार र समुदायका गरिब तथा असाहाय व्यक्तिहरुले स्वास्थ्य सेवा छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजिमा २० प्रतिशत र अन्य विशेष सेवाहरु जस्तै क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

साथै वर्षको एक पटक होलबडी चेकअप (सामान्य तथा विशेष स्वास्थ्य प्याकेज समेत) मा ३० प्रतिशत र ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई उल्लेखित सेवाहरु लिँदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुर महानगरपालिका वडा नं १५, महालक्ष्मीस्थानमा रहेको छ ।

चन्द्रागिरि साकोसका ललितपुर जिल्लाका चन्द्रागिरि सदस्यहरुलाई लक्षित गरी उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । यस अघि चैत्र २४ गते सितापाईला स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल संग पनि संस्थाले स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।



Leave a comment