कपिलबस्तु । बाणगंगा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुलाई सूचिकृत हुन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगर र प्रदेश कार्यक्षेत्र भएका सहकारीहरुलाई १५ सूचिकृत हुन निर्देशन दिएको हो ।
अनुगमन गर्दा नगरपालिका भित्र संचालनमा रहेका कतिपय सहकारीहरु सूचिकृत नभई संचालनमा रहेको पाइएको शाखा अधिकृत सञ्जुदेवी आचार्यले बताइन् । कतिपय सहकारीहरुले साइनबोर्ड समेत नराखी संचालन गरेको पाइएकाले त्यस्ता संस्थाहरुलाई सचेत गराइएको उनले जानकारी दिइन् ।
संविधानको व्यवस्था अनुसार सहकारीहरुको दर्ता तथा नियमनको अधिकार कार्यक्षेत्रका आधारमा स्थानिय तहसम्म हस्तान्तरण भएको छ । एक स्थानिय तहभित्र कार्यक्षेत्र रहेका सहकारीहरुको दर्ता र अनुगमन सोही तहले गर्ने प्रावधान छ । तर, दक्ष जनशक्ति र पूर्वाधारको अभावमा स्थानिय र प्रदेश तहले सहकारीहरुको अभिलेख समेत नियमित गर्न सकेका छैनन् ।

Leave a comment