इन्फोडेभलपर्सलाई नेशनल आइसिटी अवार्ड २०२२

इन्फोडेभलपर्सलाई नेशनल आइसिटी अवार्ड २०२२ :: Sahakari Akhabar

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लिले नेशनल आइसिटी अवार्ड २०२२ प्राप्त गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत नेशनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट सम्मानित भएको हो ।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशिल र कम्पनी हो । इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ।

इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ्ग सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको जनाएको छ ।

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन् । पुमरी, मोबाइल बैंकिङ्ग सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ ।

यसैगरी आधुनिक बैंकिङ्गलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ। कम्पनीले नेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा महत्वपूर्ण योगदान दिएको  छ ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ ।  वार्षिक ६५ करोड बढीको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा राष्ट्रको लागि महत्वपूर्ण योगदान समेत पुर्याइरहेको छ ।  कम्पनीमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।



Leave a comment