राष्ट्रिय सहकारी महासंघले माग्यो सहकारीकर्मीको जीउधनको सुरक्षा

राष्ट्रिय सहकारी महासंघले माग्यो सहकारीकर्मीको जीउधनको सुरक्षा :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशक समिर खत्री माथी भएको अमानविय ब्यवहारको रष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । संघले सहकारीका संचालक, कर्मचारीको जिउधनको पूर्ण सुरक्षाको माग गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ती जारी गर्दै हाल केही ब्यक्तीहरुको समुहले सहकारीको ऋण नतिर्न खुल्लारुपमा अफवाह फैलाउँदा समेत राज्यले कारबाहीको दयरामा ल्याउन नसक्नु दुखद विषय रहेको जनाएको छ । विज्ञप्तीमा यस्ता गैह्रकानुनी कृयाकलाप गर्ने ब्यक्तीहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न र यस्ता घटना हुन नदिनका लागि राज्यबाट सहकारीका कर्मचारी तथा संचालक,  सदस्यको सुरक्षाको प्रत्याभूति गराउन माग गरेको छ।



Leave a comment