बजेटका लागि अर्थमन्त्रालयले माग्यो सुझाव 

बजेटका लागि अर्थमन्त्रालयले माग्यो सुझाव  :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सरोकारवालाहरुबाट सुझाव मागेको छ । मन्त्रालयले सूचना जारी गर्दै विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पेशागत संघ संस्थालाई सुझाव दिन मन्त्रालयले भनेको छ । 

सुझाव अर्थमन्त्रालयको वेभसाइट वा इमेल मार्फत दिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । यसका लागि बैंशाख ५ गतेसम्मको समय दिइएको छ । 



Leave a comment