काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाको प्रयत्न सेवाकेन्द्रका सदस्यको मृत्यु भएकाले सदस्यका परिवारलाई ३२ हजार राहत प्रदान गरेको हो ।
ठाकुरबाबा नगरपालिका–६, बकुवा निवासी सदस्य दमेनीको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई उक्त राहत रकम प्रदान गरेको संस्थाकी अध्यक्ष दुर्गा सापकोटाले जानकारी दिएकी छन् ।
संस्थाको राहत नीति अनुसार भदौ ३१ गते प्रयत्न सेवाकेन्द्रका संयोजक दिपक थापाले मृतकका परिवारलाई फोटो फ्रेम सहित ३२ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको उनले जनाएकी छन् ।
Leave a comment