हाइलाइट

आज ६६ औं राष्ट्रिय सहकारी दिवस : माइतीघर मण्डलामा भएको कार्यक्रम ( फोटो फिचर )

आज ६६ औं राष्ट्रिय सहकारी दिवस : माइतीघर मण्डलामा भएको कार्यक्रम ( फोटो फिचर ) :: Sahakari Akhabar

काठमाडौं । आज चैत २० गते । २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको दिनलाई सम्झना गर्दै हरेक वर्ष यस दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ ।

आज ६६ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन ः स्वनियम र सुशासन’ भन्ने थिम तय गरेको छ। सहकारी दिवसको अवसरमा केन्द्रीय स्तरमा काठमाडौ उपत्यकाका सहकारीकर्मीहरुले माइतिघरमा प्रदर्शन गरेका थिए ।

सोमबार विहानै काठमाडौं, भक्तपुर तथा ललितपुरबाट आएको र्याली माइतिघरमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र उपाध्यक्ष ओमदेवी मल्लले सम्बोधन गरिन् ।

सहकारी संस्थाहरु तरलता अभावलगायतको समस्यासँग जुधिरहेका बेला काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिने उद्देश्यले संयुक्त रुपमा शक्ती प्रदर्शन गरेका हुन् । यसैगरी जिल्ला जिल्लाहरुमा पनि सहकारी दिवसको अवसरमा विविध कार्यक्रमहरु भइरहेका छन् ।

 



Leave a comment