हाइलाइट

सहकारी बैंकको एकाइ प्रतिनिधिहरुको सभा तथा समापन समारोह सम्पन्न ( फोटो फिचर )

सहकारी बैंकको एकाइ प्रतिनिधिहरुको सभा तथा समापन समारोह सम्पन्न ( फोटो फिचर ) :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति तथा लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

सहकारी बैंकद्वारा आज आयोजित एकाइ प्रतिनिधिहरुको सभा तथा समापन समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट राममहादुर जीसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् ।



Leave a comment