हाइलाइट

पूर्व सहकारीमन्त्री अर्याल पराजित

पूर्व सहकारीमन्त्री अर्याल पराजित :: Sahakari Akhabar

काठमाडौं । पूर्व सहकारी मन्त्री पद्मा कुमारी अर्याल प्रतिनिधिसभा सदस्यमा पराजित भएकी छिन् । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी उनी नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङसँग पराजित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा अर्यालले २५ हजार ८३९ मत मात्र पाएकी छिन् । अर्याल यही निर्वाचन क्षेत्रबाट २०७४ सालमा एमालेबाट निर्वाचित भएकी थिइन् ।

०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेपछि उनको चर्चा चुलिएको थियो । दुई पटक सहकारी मन्त्री बनेकी उनले कार्यकालभरी सहकारी क्षेत्र सुधारमा कुनै काम नगरेको भन्दै सहकारीकर्मीहरुले भने आलोचना गर्दै आएकी छिन् । 



Leave a comment