पुस ५ गतेदेखि १८ गतेसम्म सहकारी बैंकको निर्वाचन कार्यतालिका 

पुस ५ गतेदेखि १८ गतेसम्म सहकारी बैंकको निर्वाचन कार्यतालिका  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको नयाँ संचालक समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन उपसमितिले आईतबार कार्यतालिका सार्वजनिक गर्दै पुस ५ गतेदेखि १८ गतेसम्मका लागि समय निर्धारण गरेको हो । 

बैंकको पुष १६ गते हुन लागेको १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन समेत चयन गर्दैछ । संचालक समितिको निर्वाचनका लागि पुस ५ गते मतदाता नामावली प्रकाशन, दावी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरणको कार्यक्रम तय गरेको छ । 

यस्तै पुस ६ गते उम्मेदवारको दरखास्त दर्ता, उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचि उपरको दावी विरोध, दरखास्त एवं दावी विरोधको छानविन, उम्मेदवारी उपर परेको उजुरीको निर्णय तथा नामावली प्रकाशन, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ । 

सातै प्रदेशमा एकैदिन आयोजना गरिएको इकाइ सभामा सदस्यहरुले नेतृत्वका लागि मतदान गर्न पाउनेछन् । त्यसपछि देशभरबाट मतपरिणाम संकलन गरी पुस १८ गते मतपरिणाम घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । उक्त दिन एकाई प्रतिनिधिले निर्णय प्रमाणित गर्न केन्द्रीय सभाको कार्यक्रम समेत ताेकिएकाे छ । 

साधारणसभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा सुपरिवेक्षण समिति चयन गर्नेछ । 



Leave a comment