काठमाडौं । सहकारी संघसंस्थाहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई साधारणसभाको अतिथी बनाउन थालेपछि वागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले साधारणभामा रोक लगाएको छ ।
मन्त्रालयले सोमबार निर्देशन जारी गर्दै मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारी संघसंस्थालाई निर्देशन दिएको हो । प्रदेश सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीद्धारा जारी निर्देशनमा कतिपय सहकारीहरुले साधारणसभा आयोजना गरी उम्मेदवारहरुलाई अतिथिका रुपमा बोलाएको भन्दै उक्त काम निर्वाचन आचारसंहिता विपरित हुने भन्दै साधारसभा नगर्न सचेत गराइएको छ ।
यसअघि निर्वाचन आयोगले भने सहकारीहरुले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने स्पष्ट पारेको थियो । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित कुनै गतिविधि गर्न नपाउने भएकाले निर्वाचन सहितको साधारणसभा गर्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याललेसहकारी अखबारसँगको कुराकानीमा बताए ।
निर्वाचन आयोगको आचारसंहिता निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, ब्यापारीक तथा औद्योगिक क्षेत्रका संचालक तथा कर्मचारीले पालनना गर्नुपर्ने व्यवस्था छ । आचारसंहितामा निर्वाचन प्रभावित गर्ने कुनै गतिविधि गर्न नपाइने प्रावधान छ ।

Leave a comment