सहकारीको जटिल अवस्था : नियमनकारी र अभियानको नेतृत्व परिक्षण अवसर 

सहकारीको जटिल अवस्था : नियमनकारी र अभियानको नेतृत्व परिक्षण अवसर  :: Sahakari Akhabar

हिलेको अवस्था सहकारी क्षेत्रका लागि जटिल छ । यो समस्या देशको वित्तिय अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रै संचालन प्रक्रियाका कारण उत्पन्न भएको हो । यसको समाधान पनि यसैको वरिपरि रहेर खोज्नु पर्दछ । 

यो अवस्थामा सहकारीको नेतृत्व तहमा रहेका साथीहरु विशेषगरी राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रिय संघहरु तथा राष्ट्रिय सहकारी बैंकको भुमिका महत्वपूर्ण हुन्छ । हरेक सहकारीकर्मी अझ बढी गम्भीर र जिम्मेवार बन्न आवश्यक छ । सहकारीका असल प्राक्टिसलाई आ–आफ्नो संस्थामा लागु गर्ने प्रयास गरौं ।  निक्षेपको निश्चिति प्रतिशत रकम तरलताको रुपमा राखी बाँकी रकम लगानी गर्नु बैकिङ्ग सिद्धान्त हो ।  नेपालका अधिकांश सहकारीहरु पनि यहि सिद्दान्त अनुरुप सञ्चालित छन् । बैंक होस वा सहकारी होस धेरै निक्षेपकर्ताले एकै पटक निक्षेप रकम फिर्ता मागे भने कसैलेपनि दिन सक्दैन । त्यसैले सबै बचतकर्ताले धैर्य गरौं, जरुरी नभएसम्म अर्को संस्था वा बैंकमा बढी ब्याजदरको लोभमा पैसा जम्मा गर्नका लागि राखिराखेको संस्थाबाट रकम ननिकालौ । संस्थामा पैसा राख्ने बेलामा बुझेर मात्र राखौ वा कारोबार गरौ । 

संस्थाहरु पनि सहकारी मुल्य र मान्यताको आधारमा सदस्य केन्द्रीत भएर मात्र संचालन गरौ । भाखा नाघेको ऋण असुलीमा जोड दिउँ र संस्थाको फजुल खर्चमा नियन्त्रण गरौ । सदस्य शिक्षामा जोड दिउँ । केन्द्रिय संघहरु, सहकारी बैंक र महासंघको भुमिका अझ बढि अपेक्षित छ । सहकारी अभियानलाई अझ उचाईमा पुर्याउनका लागि सम्बन्धित निकायका नेतृत्व तहमा रहेका महानुभावहरुको भुमिका अहम् हुन्छ । त्यस अनुरुपको भुमिका सहकारी क्षेत्रले खोजिरहेको छ । नियमनकारी निकायले पनि दीगो र गुणस्तरीय सहकारी क्षेत्रको विकासका लागि सहकारी अभियानलाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ । सन्दर्भ ब्याजदरलाई छिटो भन्दा छिटो बजार अनुकुल निर्धारण गर्नु पर्दछ । अब सन्दर्भ ब्याजदर पुनरावलोकन  गर्न सकिएन भने यसको अवज्ञालाई कसैले रोक्न सक्दैन । अहिलेको अवस्था नियमनकारी निकाय र सहकारी अभियानको नेतृत्वको परिक्षण हुने अबस्था पनि हो ।
(लेखक सहकारीकर्मी हुन्)
 



Leave a comment