ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । सहकारी बैंकबाट नेडाकमा प्रतिनिधित्व विहिबार थाइल्याण्डको बैंककमा सम्पन्न साधारणसभाबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेडाकको अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम (एनडीसी) भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् । १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विषेश आमन्त्रीत सदस्यमा निर्वाचित भएकी छिन् ।
सन् १९६३ मा स्थापना भएको नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । यसमा हाल एसियाली ९ देशका २४ सदस्य संस्थाहरु आबद्ध छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।
नेडाकको नयाँ कार्य समितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।
Leave a comment