हाइलाइट

सहकारीले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने : आयोग 

सहकारीले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने : आयोग  :: Sahakari Akhabar

काठमाडौं । आचारसंहिताका कारण सहकारी संस्थाहरुले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित कुनै गतिविधि गर्न नपाउने भएकाले निर्वाचन सहितको साधारणसभा गर्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए । 

‘नियमित साधारणसभाको कार्यक्रम गर्न कुनै समस्या हुदैन’ सहकारी अखबारसँग कुरा गर्दै सहायक प्रवक्ता अर्यालले भने, ‘साधारणसभामा निर्वाचन सहितका चुनावी कार्यक्रम छ भने गर्न मिल्दैन ।’

निर्वाचन आयोगको आचारसंहितामा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, ब्यापारीक तथा औद्योगिक क्षेत्रका संचालक तथा कर्मचारीले पालनना गर्नुपर्ने व्यवस्था छ । 

आचारसंहिता अनुसार सहकारीहरुले साधारणसभा पनि गर्न नमिल्ने चर्चा चलेपछि यसअघि नै तय भएका कार्यक्रम गर्ने नगर्ने  विषयमा सहकारीका संचालकलाइ अन्याेल भएकाे थियाे । 



Leave a comment