हाइलाइट

खण्डहर बन्दै सहकारी संग्रहालय 

खण्डहर बन्दै सहकारी संग्रहालय  :: Sahakari Akhabar

चितवन । चितवन जिल्लाको शारदानगरमा २०१३ साल चैत २० गते स्थापना भएको बखान सहकारीको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइन्छ । सहकारीको यहि इतिहासलाई जिवन्त राख्न निर्माण सुरु गरिएको राष्ट्रिय सहकारी संग्रहालय भने बजेट अभावमा अलपत्र परेको छ । 

२०७४ को संघीय निर्वाचनअघि संघिय सरकारबाट पाँच करोड रुपैयाँ निकासा भएको थियो । तत्कालिन प्रधानमन्त्री पुश्पकमल दाहालले यसको शिलान्यास पनि गरेका थियो । उक्त बजेटबाट संग्रहालयका लागि भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित शारदानगरमा भवन निर्माण भएको छ ।

तर बाँकी काम पुरा गरी संग्रहालय संचालनका लागि बजेट नहुँदा निर्माणाधिन भवन नै खण्डहर बन्न थालेको छ । बजेट निकासा हुन नसक्दा बाँकी काम अधुरै रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङले बताए ।

पाँच करोड बजेटमा संग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ट व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा मात्र निर्माण गरिएको छ । संग्रहालयको भवन प्लास्टरसँगै रङरोगन र पर्खाल निर्माण तथा फर्निचर, बिजुली बत्तीको काम बाँकी छ ।

संग्रहालयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्तीदून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएका औजार, ऐतिहासिक पुराना पैसा र अन्य बहुमूल्य सामान राखिनेछ । संग्रहालयमा देशभरका ३० हजार सहकारीको पहिचान हुनेगरी केही सामग्री पनि राख्ने योजना छ ।

साथै भ्रमणका लागि आउने आगन्तुकका लागि आवासको, तालीम हल, भोजनालय, शहीद पार्क बनाउने र सांस्कृतिक पहिचान झल्कने वस्तुहरू राख्ने योजना छ । इतिहास बोकेको सहकारीले बनाउन लागेको संग्रहालयका राज्य र सहकारी अभियानले चासो नदिएको अध्यक्ष गुरुङले बताए ।



Leave a comment