एमालेको सहकारी घोषणा : एक करोड सदस्य, १० खर्ब बचत

एमालेको सहकारी घोषणा : एक करोड सदस्य, १० खर्ब बचत :: Sahakari Akhabar

काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षभित्र सहकारीका सदस्य एक करोड र बचत परिचालन १० खर्ब रुपैयाँ पु¥याउने घोषणा गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै पार्टीले नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध गर्ने योजना अघि सारेको हो ।

एमालले घोषणापत्रमा ‘सहकारीबाट व्यवसाय प्रवर्धन : नागरिकको आर्थिक उन्नयन’ नारा अघि सार्दै सहकारी क्षेत्रको विकासका लागि विभिन्न योजना अघि सारेको छ । घोषणापत्रमा दुई वर्षभित्र सबै नेपालीको बैंक खाता, ५ वर्षभित्र सबै बयस्कलाई बैंक, सहकारी तथा लघुवित्तको वित्तीय कारोबारमा जोड्ने र सहकारीका सदस्य १ करोड र बचत १० खर्ब पु¥याउने घोषणा गरेको हो । 
हाल सहकारीमा ७५ लाख सदस्य आवद्ध छन् भने उनीहरुको करिब ४ खर्ब रुपैयाँ बचत परिचालन भएको छ । 

यसैगरी सहकारी संस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने, सबै साना उत्पादकहरूलाई सहकारीमा आवद्ध हुन टेवा पु¥याउने, न्यून आय भएका परिवारलाई सहकारीका माध्यमबाट आर्थिक विकासमा लगाउने र बेरोजगारहरूलाई उत्पादन सहकारीमा आबद्ध गरी स्वरोजगार र आत्मनिर्भर बनाइने पार्टीको योजना छ । यस्तै सबै सहकारीलाई सहकारी बिमा व्यवस्थामा आबद्ध गरिने, सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोवार क्लियरिंगको व्यवस्था गरिने, बचत तथा ऋण सहकारीलाई उत्पादनमूलक क्षेत्र तथा राष्ट्रिय रूपमा ठुला आयोजनामा समेत पुँजी परिचालन गर्न मिल्ने कानुनी व्यवस्था मिलाउँदै प्रोत्साहित गरिने समेत घोषणापत्रमा उल्लेख छ । वित्तीय कारोबारको नियमित अनुगमन गर्दै संकट परेका बेला सहकारीलाई राज्यले संरक्षण गर्ने अवस्था मिलाईने पनि एमालेले प्रतिवद्धता जनाएको छ । 

यस्तै स्वदेशी कच्चापदार्थमा आधारित उपभोग्य बस्तु उत्पादनमा जोड त्यस्ता बस्तु उत्पादन गर्न निजी क्षेत्र र सहकारीलाई विद्युत महशुल र ऋणमा अनुदान दिने, कृषिको आधनिकीकरण, व्यवसायीकरण र उद्यमशीलता विकासमा सहकारी क्षेत्रलाई परिचालन गरिने, व्यावसायिक, सामूहिक, सहकारी र करार खेतीमा युवा तथा व्यावसायिक कृषकलाई प्रोत्साहन गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ । 



Leave a comment