सहकारीका विकृती नियन्त्रण गरी बचतको सुरक्षा गर्ने राप्रपाको घोषणा 

सहकारीका विकृती नियन्त्रण गरी बचतको सुरक्षा गर्ने राप्रपाको घोषणा  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी क्षेत्रमा देखिएका विकृती नियन्त्रण गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्ने घोषणा गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सहकारीबाट उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने योजना अघि सारेको हो । 

‘सहकारी क्षेत्रमा देखिएको विकृती, विसंगतिहरुको नियन्त्रण र बचतकर्ताहरुको बचतलाई सुरक्षित गरी उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने ब्यवस्था मिलाइनेछ’ राप्रपाको घोषणापत्रमा भनिएको छ । पछिल्लो समय सहकारी संस्था समस्याग्रस्त भई बचतकर्ताको रकम समेत असुरक्षित हुन थालेपछि पार्टीले घोषणापत्रमा बचत सुरक्षा गर्ने घोषणा गरेको हो । 

यसैगरी राप्रपाले कृषि उत्पादकत्व बढाउनका लागि सहकारी क्षेत्रलाई परिचालन गर्ने योजना अघि सारेको छ । घोषणापत्रमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा निजी र सहकारी क्षेत्रको सहकार्यमा कृषि उपज तथा चिस्यान केन्द्र निर्माण गर्ने उल्लेख गरेको छ । यसैगरी सहकारी खेती प्रणालीलाई  अघि बढाउने पनि पार्टीको योजना छ । 

यसैगरी साना किसान कृषि सहकारी मार्फत कृषि उपजलाई सामुहिक रुपमा खरिद बिक्रीका लागि कृषि बजार स्थापना गर्ने पनि पार्टीको योजना छ । पार्टीले ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत माथी पु¥याउने योजनाका साथ लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याएको छ । करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाईने उल्लेख गरेको छ । 
 



Leave a comment