आधा दर्जन भन्दा बढि सहकारीमन्त्री चुनावी मैदानमा

आधा दर्जन भन्दा बढि सहकारीमन्त्री चुनावी मैदानमा :: Sahakari Akhabar

काठमाडौं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा आधा दर्जन भन्दा बढि संघिय सहकारी मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न राजनीतिक पार्टीको सिफारीसमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा उनीहरुले उम्मेदवारी दिएका हुन् ।

तत्कालिन प्रधानमन्त्री बावुराम भट्टराईको सरकारले २०६९ सालमा पहिलो पटक छुट्टै सहकारी मन्त्रालय गठन गरेको थियो । भट्टराई सरकारले बनाएको सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पहिलो मन्त्री नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल बनेका थिए । त्यसयता शशी श्रेष्ठसम्म आइपुग्दा मन्त्रालयले एक दर्जन भन्दा बढि मन्त्री पाएपनि ८ जना भने यस पटक चुनावी मैदानमा देखिएका छन् ।

पहिलो सहकारी मन्त्री बनेका ढकाल हाल नेकपा एमालेको समानुपातिक उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको पाटीले एमालेसँग चुनावी गठबन्धन गरेकाले उनी प्रतिनिधिसभाका लागि एमालेबाटै समानुपातिक उम्मेदवार बनेका हुन् ।

ढकालपछि गठन भएको खिलाराज रेग्मी र त्यसपछिको सुशील कोइराला सरकारको पालामा भने सहकारी मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले नै सम्हालेका थिए । कोइरालापछि गठन भएको केपी शर्मा ओलीको सरकारमा भने राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीसहकारी तथा गरिबी निवारणसँगै उपप्रधानमन्त्रीसमेत भएका थिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका केसी अहिले वागलुङ क्षेत्र नं १ बाट प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार छन् । सहकारी मन्त्रीका रुपमा भने उनको कार्यकाल सहकारी ऐनका विषयमा अभियानसँगको विवादका कारण चर्चामा छ ।

केसीपछि सहकारी मन्त्री बनेका नेपाली कांग्रेसका नेता हृदयराम थानीसुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । २०७३ मा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहकारी मन्त्री भएका थानीको यतिबेला प्रतिस्पर्धी पनि सहकारीकर्मी नै देखिएका छन् ।

एमालेबाट सुर्खेत–२ मा अमृत विसी उम्मेदवार बनेका छन् । उनी जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष पनि हुन् र सहकारीका सदस्यहरुको बलमा चुनाव जित्ने दाबी गर्दै प्रचार प्रसारमा लागेका छन् । थानीपछि सहकारी मन्त्री बनेकी कांग्रेस नेतृ अम्बिका बस्नेत भने कांग्रेसबाट समानुपातिक उम्मेदवार छिन् ।

त्यसपछि सहकारी मन्त्रालयको नेतृत्व सम्हालेका माओवादी केन्द्रका नेता चक्रपाणी खनाल भने माओवादी केन्द्रका तर्फबाट कपिलबस्तु क्षेत्र नं १ मा उम्मेदवार छन् । यसैगरी सहकारी मन्त्रीहरुलिलानाथ श्रेष्ठसिराहा क्षेत्र नं ३ तथा लक्ष्मणलाल कर्णपर्सा क्षेत्र नं १ बाट संविधानसभा सदस्यका लागि उम्मेदवार भएका छन् ।

श्रेष्ठले एमाले तथा कर्णले लोकतान्त्रिक समाजवादी दलबाट उम्मेदवारी दर्ता गरेका हुन् । मन्त्रीको रुपमा छोटो कार्यकाल सम्हालेका यिनीहरुले सहकारी क्षेत्रमा उल्लेखनिय कुनै काम गरेका छैनन् । केपी ओली प्रधानमन्त्री रहँदा दुई पटक सहकारीमन्त्री बनेकी पद्मा कुमारी अर्याल स्याङजा क्षेत्र नं २ वटा प्रतिनिधिसभा पदका लागि उम्मेदवार बनेकी छिन् ।

सहकारी मैत्री मन्त्रीका रुपमा चर्चा गरेपनि उनले सहकारी क्षेत्रको विकासका लागि भने कुनै काम गर्न सकिनन् । अर्यालपछिका सहकारीमन्त्रीहरु डा. शिवमाया तुम्बाहाम्फे तथा हालकी शशी श्रेष्ठ भने यसपटक चुनावी मैदानमा देखिएका छैनन् ।



Leave a comment