सहकारीका तालिममा सरकारी कडाइ, पाठ्यक्रम प्रमाणीकरण अनिवार्य 

सहकारीका तालिममा सरकारी कडाइ, पाठ्यक्रम प्रमाणीकरण अनिवार्य  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्था तथा निजी इन्स्टीच्युटहरुले आफुखुशी सहकारीका तालिम तथा शैक्षिक क्रियाकलाप संचालन गर्न नपाउने भएका छन् । सरकारले सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि–२०७९ जारी गर्दै दुई दिनको प्रारम्भिक सहकारी शिक्षा बाहेकका तालिम तथा शैक्षिक क्रियाकलापका लागि पाठ्यक्रम अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । 

सहकारी नियमावली २०७५ मा सहकारीको शक्षिक क्रियाकलापको प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ । उक्त प्रमाणीकरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवको अध्यक्षतामा समितिको व्यवस्था गरिएको छ । समितिले विहिबार कार्यविधि लागू गर्दै प्रारम्भिक सहकारी शिक्षा बाहेकका सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रमका लागि पाठ्यक्रम प्रमाणीकरण गर्न निर्देशन दिएको हो । यस्तै यस्तै हाल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेका संघसंस्था तथा निकायले पनि एक वर्षभित्र प्रमाणिकरण गर्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ । 

हाल सरकारको सहकारी प्रशिक्षण केन्द्रसहित सहकारी संघहरुले तालिम संचालन गर्दै आएका छन् । यस्तै निजी क्षेत्रका तालिम केन्द्रहरुले पनि प्रशिक्षण संचालन गर्छन् । तर, तालिमको पाठ्यक्रममा एकरुपता नहुँदा गुणस्तर कायम नभएको गुनासो बढ्न थालेपछि सरकारले यसलाई नियन्त्रण गरिएको विभागका जनाएको छ । 



Leave a comment