काठमाडौं । आज ७४ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे बिभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्ष अक्टोबर महिनाको तेस्रो विहिबार यो दिवस मनाउने गरिन्छ ।
क्रेडिट युनियन डेका को नारा ‘क्रेडिट युनियनसँग तपाईको वित्तीय भविश्व सशक्त बनाउनुहोस्’ भन्ने नारा तय गरिएको छ । अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे सन् १९४८ देखि अक्टोबरको तेस्रो बिहीबार मनाइँदै आएको छ ।
क्रेडिट युनियन तथा अन्य वित्तीय सहकारीहरुले विश्वभर गरिरहेका कामहरुको बारेमा चेतना जगाउनका साथै थप कामका लागि उत्प्रेरित गर्ने उद्देश्य सहित यो दिवस मनाउन सुरु गरिएको छ ।
नेपालमा पनि बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष परितोष पौड्यालले सामाजिक संचालमार्फत क्रेडिट युनियन डे को अवसरमा शुभकामना दिएका छन् । यस्तै राष्ट्रिय सहकारी बैंकले पनि क्रेडिट युनियन डे को अवसरमा आफ्ना सदस्यहरुलाई शुभकामना दिएको छ ।
नेपालमा ३० हजारको हाराहारीमा सहकारीको दर्ता भएकोमा आधा भन्दा बढि वित्तीय सहकारीहरु रहेका छन् । सहकारीमार्फत १० खर्ब भन्दा बढि वित्तीय परिचालन भएपनि यसको प्रभावकारी नियमन हुन नसक्दा भने जोखिम बढिरहेको छ ।

Leave a comment