नक्कली सहकारी देखाएर ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ

नक्कली सहकारी देखाएर ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ :: Sahakari Akhabar

काठमाडौं । सर्वसाधारणलाई नक्कली सहकारी देखाएर ऋण मिलाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–१, कृष्णमन्दिर बस्ने मणी कुमार थापा रहेको प्रहरीले जनाएको छ । 

थापाले सहकारीबाट ऋण मिलाइदिने भन्दै अछाम जिल्ला चौरपाटी गाउँपालिका–४ घर भई हाल कुसुन्ती बस्ने नरेन्द्र कुमार भुलसँग तीन लाख रुपैयाँ लिएका थिए । तर, ऋण नदिइ थापा फरार भएपछि भुलले आफु ठगीएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । 

थापाले बाँसवारी स्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक हुँ, उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाई दिन्छु भनी तीन लाख १२ हजार रुपैयाँ लिएका थिए । उनले सहकारी संस्थाको खाता खोल्ले फारम, सदस्य पहिचान फारम, शेर दरखास्त फारम समेत भर्न लगाई बिश्वास दिलाएका थिए । 

सेवा शुल्क बुझाएपछि ऋण नदिइ सम्पर्क बिहिन भएपछि मात्र भुलले आफु ठगिएको पत्तो पाएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीको अनुसन्धानमा चण्डोल बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएको छ । 

प्रहरीले थापालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । प्रहरी टोलीले उनलाई असोज ३१ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।   



Leave a comment