काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले साधारणसभामा उद्घाटन तथा भाषणको कार्यक्रम नराख्न सहकारीहरुलाई निर्देशन दिएको छ । साधारणसभामा सदस्यको भूमिका सक्रिय बनाउन भन्दै महानगरले उद्घाटन सत्र नराख्न संस्थाहरुलाई निर्देशन दिएको हो ।
हाल सहकारीका साधारणसभा विभिन्न अतिथिहरु ल्याएर लामो भाषण गर्ने प्रचलन छ । अतिथिहरुको भाषणका कारण साधारणसभाको अवधि लामो हुँदा सदस्यहरु एजेन्डामा छलफल हुने बन्दसत्र अघि नै घर फर्किने गरेका छन् ।
सहकारी संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गर्दै विभागले साधारण सभामा उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्ने वातावरण मिलाउन भनेको छ । यस्तै साधारणसभामा लेखापरिक्षण प्रतिवेदन, संचालक समितिको र लेखा समितिको प्रतिवेदन पर्याप्त छलफल गराएर मात्र पारित गर्न भनेको छ ।
यसैगरी महानगरले संस्थाको विनियम संसोधन, नीति, कार्यविधि साधारणसभाबाट पारित गर्न, लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्न, बजेट तथा कार्यक्रम साधारणसभाबाट अनुमोदन गर्न पनि निर्देशन दिएको छ ।
महानगरले साधारणसभाको उपस्थितीमा पुस्तिकामा सदस्यको नामथर, हस्ताक्षर र सम्पर्क नम्बरका अतिरिक्त कुल शेयर संख्या र नागरिकता नम्बर समेत उल्लेख गर्नुपर्ने ब्यवस्था पनि गरेको छ ।
विभागले संघिय ऐन, महानगरको ऐन अनुसार संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन समेत निर्देशन दिएको छ ।
यस्तै सदस्य बनाएर मात्र कारोवार गर्ने र साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थिती नभए गणपुरक संख्या पुर्याएर मात्र साधारणसभा गर्न साधारणसभाको माइन्यूट सबै संचालक र संचालकको संख्या भन्दा एक जना बढि सदस्यले हस्ताक्षर गरी प्रमाणीत गर्न पनि भनेको छ ।
यस्ताे छ निर्देशन

Leave a comment