झापा । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामीले कृषि उत्पादनमा जोड दिनु सहकारीलाइ आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री दर्लामीले सहकारील कृषिमा प्राथमिकता दिनुपर्ने बताए ।
सहकारीमार्फत उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न सकिने उनले बताए । सहकारीको लगानी त्पादनमुखी कार्यमा केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्ने उनले बताए ।
संविधानमा सहकारीलाई तीनखम्बे अर्थनीतिमा समावेश गरेपनि सहकारीले देशको आवश्यकता अनुसार चल्न नसकेको उनले बताए ।
सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चा हुन थालेको भन्दै मन्त्री दर्लामीले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने ठोकुवा गरे ।
हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्थाले दुई अर्बको वासलात बनाउन सफल भएको बताए । संस्थाको हाल १७ करोड ५० लाख शेयर पुँजी रहेको जनाइएको छ । ९० करोड ७५ लाख बचत सङ्कलन गरी १ अर्ब ७५ लाख ऋण लगानी रहेको अध्यक्ष दङ्गालले बताए ।
संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा २ सय ४२ कर्मचारी कार्यरत छन् ।
Leave a comment