काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीको दर्ता तथा नविकरण अनलाईनबाट गर्न मिल्ने ब्यवस्था गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाको दर्ता, नबिकरण कार्यलाई विद्युतिय प्रणालीमा आबद्ध गरिने घोषणा गरे ।
यसैगरी महानगरपालिकाले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम ब्यबस्थापनका लागि अनुगमन संयन्त्र गठन गरी परिचालन गरिने समेत उल्लेख गरेको छ । काठमाडौं सबैभन्दा धेरै सहकारीको चाप भएको स्थानिय तहको हो । यसैगरी सबैभन्दा बढि समस्याग्रस्त सहकारीहरुपनि यसै पालिका अन्र्तगत रहेका छन् ।
मेयर शाहले सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गर्ने, संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसंगको समन्वयमा प्रभावकारी ब्यबस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गर्ने समेत घोषणा गरे ।
महिलालाई सीपमूलक तालिम दिई आय आर्जनका क्रियाकलापमा सहभागी गराइनेछ। महिलाले संचालन गर्ने ब्यवसायका लागि सहकारी गठन, बीउपूँजी र ब्यबस्थापन तालिम प्रदान गर्ने ब्यवस्था मिलाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
Leave a comment