काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमा बढाइएको आयकरको विरोध जनाएको छ । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर बढाएपछि महासंघले विज्ञप्ति जारी गरी असन्तुष्टी पोखेको हो ।
महासंघका अध्यक्ष मिनराज कडेलद्धारा जारी विज्ञप्तिमा सरकारले सहकारीमा लाग्ने आयकरको दर बढाएपछि बिरोध जनाएका हुन् । महासंघले आयकरको दर यथावत राख्न माग गरेको छ । ‘आयकर दर वृद्धि गर्न न्यायोचित नभएकाले यथावत नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
आयकरको दर बढाउने निर्णय नसञ्चाए सहकारी अभियान थप कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । अर्थमन्त्री शर्माले नगरपालिका क्षेत्रमा सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उपमहानगर पालिकाका सहकारीलाई १० प्रतिशत र महानगरपालिकामा सञ्चालित सहकारीलाई १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेका छन् ।
सहकारीकर्मीले लामो संघर्षपछि सहकारी ऐनमै नगरपालिकामा ५ प्रतिशत, उपमहानगरमा ७ प्रतिशत र महागरपालिमा १० प्रतिशत आयकर लगाउन सरकारलाई मन्जुर गराएका थिए ।
Leave a comment