हाइलाइट

धादिङमा प्रथम सहकारी सम्मेलन सम्पन्न

उत्पादनमा केन्द्रित हुने धादिङका सहकारीको प्रतिवद्धता

धादिङमा प्रथम सहकारी सम्मेलन सम्पन्न :: Sahakari Akhabar

धादिङ । उत्पादन र बजारीकरणमा केन्द्रित हुने धादिङका सहकारीकर्मीले प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा सम्पन्न भएको प्रथम सहकारी सम्मेलनका अवसरमा १२ बुँदे घोषाणा पत्र जारी गर्दै उत्पादन, बजारीकरण र उद्यमशीलता उन्मुख बनाउने प्रतिवद्धता जनाइएको हो । सहकारीमार्फत आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुने उल्लेख गरिएको छ ।

सहकारी क्षेत्रलाई नीति, विधि र उच्च तहको प्रविधि अवलम्वन गर्ने भनिएको छ । सहकारीका असल अभ्यासहरुको अनुशरण गर्ने जनाइएको छ । सहकारी संघ, संस्था स्थानीय तहबीच अन्तरसम्वाद विकास गरी समुन्नत समाज विकासमा सहयोग पु–याउने, वित्तीय व्यवस्थान एंव सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख छ ।

स्थानीय तहमा सहकारी ऐन, कानून र व्याजदरलाई सहकारी मैत्री बनाउने, सहकारी संस्थाको क्रियाकलापलाई सदस्य केन्द्रित गरी दिगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्ने उल्लेख छ । सदस्य, सञ्चालक र कर्मचारीको क्षमता विकास गरी सहकारी अभियानलाई दिगो सुरक्षित र व्यावसायिक बनाउने घोषणा पत्रमा उल्लेख छ ।

सहकारीलाई मर्यादित व्यावसायका रुपमा स्थापित गर्न, कर्जा सूचना केन्द्र तथा कर्जा असुली न्यायधीकरणको स्थापना गर्न पहल गर्ने, समस्याग्रस्त सहकारी संस्थाहरुको पहिचान गरी कानुन सम्वत सञ्चालन, एकीकरण तथा खारेजीको लागि पहल गर्ने, सहकारीविका र प्रवद्र्धन सहकारी सम्मेलन महत्वपूर्ण रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सहकारी सञ्चालनको आधारभूत साझा धारणा विकास गर्न, सहकारीका अवसरको पहिचान र सम्भावित चुनौतीको सामना गर्ने शक्ति विकास सम्मेलनले सघाउ पु¥याउने सहकारीकर्मीहरुले बताएका छन् । त्यस्तै सहकारीमैत्री कानुन निर्माण तथा कार्यान्वयन र सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने पनि सम्मेलनमा जनाइएको छ ।



Leave a comment